शिक्षक लाईसेन्स माध्यामिक र निम्न माध्यामिकमा आधारित सबै सामग्रीहरु
एकाइ गत नोट
एकाइगत परिक्षा Links
Model Sets
कुनै जानकारीको लागिः 9819172987
खण्ड क : सामान्य शिक्षा
३.१. नेपालको राष्ट्रिय शिक्षा प्रणाली
•नेपालको संविधानमा शिक्षा सम्बन्धी व्यवस्था (मौलिक हक, राज्यका निर्देशक सिद्धान्त)
•विद्यालय शिक्षाको संरचना र प्रकार
•शिक्षाका राष्ट्रिय उद्देश्य तथा तहगत सक्षमताहरू (आधारभूत तह )
•शिक्षा ऐन २०२८ (संशोधन सहित) तथा शिक्षा नियमावली २०५९
•शिक्षक सेवा आयोग नियमावली २०५७
•अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ तथा नियमावली, २०७७
•स्थानीय सरकार सञ्चालन ऐन, २०७४ (शिक्षासँग सम्बन्धित मात्र )
•राष्ट्रिय शिक्षा नीति, २०७६ (विद्यालय शिक्षा सम्बन्धी )
•इन्चोन घोषणा र दिगो विकासका लक्ष्य
३.२. शिक्षामा नवीनतम चिन्तन
•समावेशी शिक्षा
•बालमैत्री शिक्षाको अवधारणा र प्रयास
•सामाजिक न्याय र शिक्षामा समावेशीकरण
•शिक्षामा लैङ्गिक समता, समानता र महिला शिक्षा
•अनौपचारिक शिक्षा (साक्षरता शिक्षा, डिजिटल साक्षरता, वैकल्पिक तथा निरन्तर शिक्षा) र खुला तथा दूर शिक्षा)
•प्राविधिक तथा व्यावसायिक शिक्षा र रोजगारमूलक शिक्षा
•जीवनोपयोगी सिप (life skill), सामान्य व्यावसायिक सिप (soft skills)
•शिक्षामा द्वन्द्व तथा तनाव व्यवस्थापन, स्वव्यवस्थापन र सिकाइ
३.३. सिकाइ र बाल मनोविज्ञान
•सिकाइको अवधारणा र स्वरुप
•सिकाइका सिद्धान्तहरुः व्यवहारवाद, संज्ञानवाद, निर्माणवाद र सामाजिक निर्माणवाद
•बाल मनोविज्ञानको अवधारणा
•बाल्यावस्था र उत्तर बाल्यावस्थाका बालबालिकाको विकासात्मक विशेषताहरु र सिकाइ
•सिकाइमा प्रभाव पार्ने तत्वहरू: उत्प्रेरणा, पुनर्वल, अभ्यास, समृति र विस्मरण, सिकाइ स्थानान्तरण, नैराश्यता समायोजन र सिकाइ
•सिकाइमा वैयक्तिक भिन्नता, विशेष आवश्यकता तथा विशिष्ट क्षमताको पहिचान र सो अनुरूप शिक्षण
३. ४. विद्यालय समुदाय सम्बन्ध
•विद्यालय समाजको एक सहपद्धतिका रुपमा ( School as a Sub-system of Society)
•विद्यालय समुदाय सम्बन्ध तथा समुदाय र अभिभावकको विद्यालयप्रतिको दायित्व
•विद्यालय सुधार योजना र यसको प्रभावकारिता, गाउँ/नगर शिक्षा योजना
•विद्यालयको विकासमा समुदाय परिचालन
•विद्यालय विकासमा स्रोत पहिचान, सङ्कलन, वर्गीकरण र परिचालन तथा बजेट व्यवस्थापन विद्यालय शिक्षामा नागरिक समाज, गैरसरकारी तथा सामाजिक संस्थाको भूमिका
३.५. शिक्षकको पेसागत दक्षता विकास
•शिक्षकको पेसागत विकासको अवधारणा, यसको आवश्यकता र उपयोग
•शिक्षक पेसागत विकासको वर्तमान व्यवस्था र स्वरूप
•शिक्षक तालिमको आवश्यकता र उपयोग
•शिक्षकको पेसागत दक्षता विकासका उपायहरू एवम् प्रचलित मोडल तथा प्रणालीहरु
•विद्यालय सिकाइ सङ्गठन - School as a Learning Organization) का रूपमा विकास
•अध्यापन अनुमतिपत्रको आवश्यकता र औचित्य
•शिक्षकको नैतिक मूल्य, मान्यता, उत्तरदायित्व र तिनको परिपालना
•स्वः प्रयत्नमा आधारित जीवन पर्यन्त सिकाइ
३. ६. गुणस्तरीय शिक्षा
•गुणस्तरीय शिक्षाको परिभाषा, अवधारणा, आयाम र विशेषता
•गुणस्तरीय शिक्षाका प्रचलित मापदण्ड / सूचकहरू
•विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि शैक्षिक नीति तथा कार्यक्रमहरू,
•विद्यालय शिक्षामा शैक्षिक गुणस्तर अभिवृद्धि हुन नसक्नुका कारण र गुणस्तर सुधारका उपायहरू
•गुणस्तरीय शिक्षाको विकासमा शिक्षक, अभिभावक, समुदाय र विद्यार्थीको भूमिका
खण्ड ख : शैक्षिक व्यवस्थापन र शिक्षण प्रक्रिया
३.७. शैक्षिक सुशासन र नेतृत्व
•शैक्षिक सुशासनको परिचय र अवधारणा
•शैक्षिक सुशासनमा नागरिक वडापत्र, उजुरी र गुनासो व्यवस्थापन,
•विद्यालयको अभिलेख व्यवस्थापन र प्रयोग
•शैक्षिक नेतृत्वको अवधारणा र प्रकार, आवश्यक सिपहरु
•नेतृत्व विकास र प्रयोगमा वि.व्य.स., प्र.अ., शिक्षक र विद्यार्थीको भूमिका
•विद्यार्थीको क्षमता प्रष्फुटनमा शिक्षकको भूमिका, शिक्षण सिकाइमा प्रजातान्त्रिक अभ्यासको अवसर, विद्यार्थीमा नेतृत्व लिने अवसर सिर्जना, विद्यार्थहरुमा भएको बहुप्रतिभाको खोज, स्वव्यवस्थापन, आत्म चिन्तन र आत्ममूल्याङ्कनको वातावरण निर्माण ।
३. ८. कक्षाकोठा व्यवस्थापन तथा शैक्षणिक योजना
•कक्षाकोठाको व्यवस्थापनको अवधारणा र अभ्यास, विशेषता, प्रयोगको अवस्था तथा ध्यान दिनुपर्ने कुराहरु बसाई व्यवस्थापन, सिकाइ सामग्रीको सङ्कलन तथा प्रयोग, भित्ते सामग्रीको उपयोग
•कक्षाकोठाभित्रको अन्तरक्रियाः अवधारणा र प्रयोग, कक्षाकोठामा प्रभावकारी सञ्चार (पूर्व ज्ञानको परीक्षण, विद्यार्थी क्रियाशीलता, प्रश्न गर्ने सिप, निर्देशन सिप, विद्यार्थी परामर्श, बुझाइ सिपको परीक्षण र सुधारात्मक शिक्षण)
•शैक्षणिक योजना निर्माणका प्रक्रियाहरु
•शिक्षक-विद्यार्थी तथा विद्यार्थी-विद्यार्थी सम्बन्ध
•सामाजिक, सांस्कृतिक तथा भाषिक विविधताको व्यवस्थापन
•सह तथा अतिरिक्त कार्यकलापको योजना तथा व्यवस्थापन
३. ९. पाठ्यक्रम तथा विद्यार्थी सहायता प्रणाली
•पाठ्यक्रमको अवधारणा, विकास र सम्बन्धित तहको पाठ्यक्रमको अध्ययन
•राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६
•स्थानीय पाठ्यक्रम / मातृभाषा सिकाइको पाठ्यक्रमः अवधारणा, निर्माण प्रक्रिया, विद्यमान अभ्यास र
•कार्यान्वयनमा आइपरेका समस्याहरू
•पाठ्यक्रममा आधारित शिक्षण सिकाइ
•पाठ्यपुस्तकको परिचय, विशेषता र अङ्गहरू
•शिक्षणमा पाठ्यक्रम र पाठ्यपुस्तकका अन्तरसम्बन्ध
•शिक्षक निर्देशिका र यसको प्रभावकारी प्रयोग
•पुस्तकालयको अवधारणा र यसको समुचित प्रयोग
•पाठ्यसामग्री र स्रोत सामग्रीहरुको सङ्कलन, निर्माण, तयारी, प्रयोग र भण्डारण
३.१०. शिक्षण विधि र शैक्षणिक प्रक्रिया
•शिक्षण विधिको अवधारणा र प्रकार (शिक्षक केन्द्रित, विद्यार्थी केन्द्रित अन्तरक्रियात्मक र सहयोगात्मक)
•शिक्षण सिकाइमा नवप्रवर्तन, आलोचनात्मक चेत र सिर्जनशीलता (Innovation and Creativity)
•शैक्षणिक योजना र तिनको प्रयोग (सिकाइका लागि वार्षिक, साप्ताहिक, एकाइ र दैनिक पाठ योजना निर्माण र प्रयोग)
•महामारी तथा विपत्को समयमा शिक्षण सिकाइमा निरन्तरता
३.११. विद्यार्थी मूल्याङ्कन
•मूल्याङ्कनको अवधधारणा उद्देश्य र महत्व
•शिक्षणमा निर्माणात्मक र निर्णयात्मक मूल्याङ्कनको उपयोग
•शिक्षक निर्मित र स्तरीकृत परीक्षा
•विशिष्टकरण तालिका निर्माण र उपयोग
•विद्यालय शिक्षामा लेटर ग्रेडिङ पद्धति (Letter grading) अवधारणा, अभ्यास, समस्या र प्रभावकारिताका उपायहरु
•परीक्षा र मूल्याङ्कनका साधन तथा तरिकाहरू
•शिक्षणमा निरन्तर मूल्याङ्कन प्रणाली र यसको उपयोग
•विद्यालय तहमा लिइने परीक्षाको सञ्चालन, व्यवस्थापन र प्रमाणीकरण
•विद्यार्थी मूल्याङ्कनका अभ्यासहरु
३.१२. शिक्षण सिकाइमा अनुसन्धान र प्रयोग
•अनुसन्धान : परिचय, उद्देश्य र प्रकार तथा विद्यालय शिक्षामा अनुसन्धानको आवश्यकता
•कार्यमूलक अनुसन्धानको अवधारणा, प्रक्रिया र प्रयोग
•कक्षाकोठाभित्र सम्बन्धित विषय शिक्षणका समस्याको पहिचान
•अनुसन्धानका निष्कर्षहरूको शिक्षण सिकाइमा उपयोग
•घटना अध्ययन परिचय, प्रक्रिया र प्रतिवेदन
३.१३. सूचना तथा सञ्चार प्रविधि
•शिक्षण सिकाइमा सूचना, सञ्चार प्रविधिको आवश्यकता र प्रयोग
•शिक्षण सिकाइमा कम्प्युटर, इन्टरनेट र जर्नलको प्रयोग
•कम्प्युटरमा अफिस प्याकेज, कम्प्युटरको उपयोग गरी शिक्षण सिकाइमा उपयोग गर्ने सामग्री निर्माण तथा प्रयोग
•शैक्षिक तथ्याङ्क सङ्कलन, विश्लेषण, सम्प्रेषण र प्रयोगज्ञानोठिमी,
•एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली (IEMIS)
३. १४. सामान्य बौद्धिक परीक्षण र गणितीय सक्षमता
•शाब्दिक बौद्धिक परीक्षण
•शब्द ज्ञान परीक्षण
•समरुपता
•शाब्दिक वर्गीकरण
•श्रेणीक्रम समस्याहरु
•छुटेका सङ्ख्याहरु पूरा गर्ने भिन्न र दशमलव प्रतिशत र अनुपात
•नाफा नोक्सान
Instructor
Bishnu Saud
शिक्षक, प्रशिक्षक तथा लेखक
नामः विष्णु साउँद
शैक्षिक योग्यताः गणित विषयमा स्नातक , अर्थशास्त्रमा स्नातकोत्तर, एल.एल.बी अध्ययनरत
नेपाल सरकार स्थायी शिक्षक
अनुभवः शिक्षण पेसामा १० वर्ष