लाईसेन्स विज्ञापन
एकाई-
२ शिक्षामा नविनतम चिन्तन्
२.१ समावेशी
तथा समाहित शिक्षाको
अवधारणा
-
समावेशी शिक्षा
भन्नाले समाजमा रहेका हरेक वर्ग, क्षेत्र, समुदाय, सम्प्रदाय, जातजाती लगायत शिक्षाबाट बन्चित रहेका वर्गलाई
उनिहरुको आबश्यकता र चाहना अनुसारको शिक्षा प्रदान गरी गुणस्तरीय जिवन यापन गर्न
सक्ने बनाई शिक्षाको माध्यमबाट राज्यको मुल प्रवाहमा समाहित गर्ने शिक्षणको
आधुनिक विधि नै समावेशी शिक्षा हो । -
समावेशी भन्नाले
समावेश गर्नु, सामेल गर्नु,
सहभागि गराउनु भन्ने अर्थवोध हुन्छ ।
शिक्षा भन्नाले कुनै विषयमा दिइने वा लिइने औपचारिक वा अनौपचारिक जानकारीलाई
बुझिन्छ। -
सबै विधार्थीलाई
स्वीकार्ने र समेट्ने विधाललाई समाहित शिक्षा भन्नु पर्दछ – थोमसका अनुसार -
नेपालको सन्दर्भमा
बिशेषतः भौगोलिक, आर्थिक,
सामाजिक, सास्कृतिक, भाषिक, धार्मिक कारणले शिक्षा प्राप्त गर्न नसकेका
वर्ग तथा महिला, आदिवासी जनजाती,
मधेसी, दलित, गरिब, पिछडिएको क्षेत्रका बासिन्दा,
अशक्त, अपाङ्गता भएका, फरक क्षमता भएका,
युद्ध तथा द्वन्दमा परेका,
घरेलु श्रमिक,
सडक बालबालिकाहरुको लागि समावेशी
शिक्षाको आवश्यकता पर्दछ । |
|
समवाशी शिक्षामा ‘4a’ Approach
to education भन्नालेः ·
Availability of educational
opportunities.
·
Accessibility of educational
opportunities. ·
Acceptability of educational
opportunities. ·
Adaptability of educational
opportunities. उपलब्ता, पहुँचता, स्वीकार्यता,
र अनुकुलताको आधारमा शैक्षिक सुविधाहरु
उपलब्ध भएमा समावेशिता भएको मानिन्छ । |
समावेशी तथा समाहित शिक्षाको महत्व - शिक्षाको माध्यमबाट समाजमा रहेको
वर्गिय, जातीय,
धार्मिक, सास्कृतिक विभेदको अन्त गर्न । - सामाजिक न्याय प्रदान गरी समतामुलक
समाज निर्माण गर्न । - शिक्षामा सबै वर्गको अधिकार स्थापित
गरी शिक्षालाई सर्वसुलभ र पहुँचयोग्य बनाउन । - शिक्षाको माध्यमबाट सबै वर्गको
संस्कृति र सास्कृतिक संपदाको संरक्षण गर्न ।
|

0 Comments